काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको बताएका छन ।
आइतबार बिहान संस्थापनइतर समूहका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेता कोइरालाले विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको बताए । उनले आफूले तटस्थ बसौं भनेर प्रस्ताव राखेको स्मरण समेत गरे ।
तर आफूले कार्य सम्पादन समितिमा राखेको प्रस्तावको पार्टीले सुनुवाई नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिइएको उहाँको भनाइ थियो । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता समेत भएको उनले बताए ।
कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्य समिति बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ माघ २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाले राखे ५ प्रस्ताव
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला