एजेन्सी । चन्द्रमासमा आधारित चिनियाँ नयाँ वर्ष आज (आइतबार) बाट सुरू भएकाे छ । चिनियाँहरुले वसन्त उत्सव भन्ने यो पर्व २ हप्तासम्म मनाउने गर्दछन् । कोरोनाका कारण पछिल्ला ३ वटा नयाँ वर्ष मनाउन नपाएका चिनियाँहरुले यस पटक धुमधामसँग खरायो वर्गको नयाँ वर्षलाई स्वागत गरिरहेका छन् । चीनमा नयाँ वर्षको अवसरमा एक हप्ता लामो बिदा हुने गर्छ ।
चीन मात्रै नभई सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया, लाओस, थाइल्याण्ड र मंगोलियासहित दक्षिण पूर्वीएशियाका अधिकांश देशहरुमा यो पर्व मनाउने गरिन्छ । विश्वभर डेढ अर्ब भन्दा बढी मानिसहरुले यो पर्व मनाउने भएकाले विश्वकै ठूलो पर्वको रुपमा पनि लिने गरिन्छ ।
करिब १ अर्ब चिनियाँहरुले यो पर्वको अवसरमा यात्रा गर्ने अनुमान गरिएको छ । चीन सरकारले गत महिना कोभिड नीति खुकुलो बनाएकाले नयाँ वर्षको अवसरमा करोडौं चिनियाँ परिवारबीच पुनर्मिलन हुने भएको छ ।
नयाँ वर्षको स्वागतका लागि चीन लगायतका देशहरुमा सडक महोत्सवहरु समेत भइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ माघ २०७९, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई जना प्रहरीको नियन्त्रणमा
चिनियाँ तीन यात्री अन्तरिक्ष प्रस्थान
चिनियाँ सेनाले भारत सीमामा सैनिक संख्या नबढाएको दाबी
चिनमा डुंगा पल्टिदा ३९ बेपत्ता, राष्ट्रपतिद्धारा तिब्र उद्धारमा लाग्न निर्देशन