काठमाडौँ । चालू आर्थिक वर्ष २०७९-८० को दोस्रो त्रैमास (साउन–पुस) सम्ममा बैंकहरूको नाफा प्रभावित भएको छ । कोभिड ( १९ महामारी तथा रूस( युक्रेन युद्धका कारण तरलताको दबाब झेलेका बैंकहरूको खराब कर्जा वृद्धि हुँदा नाफासमेत प्रभावित भएको छ ।
शनिबारसम्म लेखापरीक्षण नभएको वित्तीय विवरण प्रकाशित गरेका २० ओटा बैंकले चालू आर्थिक वर्षको पुससम्ममा कुल २९ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ दशमलव ८५ प्रतिशत मात्र बढी हो ।
गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरूले २९ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा बैंकहरूको नाफा १० प्रतिशतले बढेको थियो । नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक मर्जर भई बनेको नेपाल इन्भेष्टमेण्ट मेगा र एनसीसीसँग मर्जर गरेको कुमारीले वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ । आर्थिक अभियान दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०८ माघ २०७९, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?