शहीद स्मारक ए डिभिजन लिग : उद्घाटन खेलमा खुलमटार युथ र फ्रेन्ड्स क्लब भिड्ने

सफल खबर संवाददाता

शुक्रबार, ०६ माघ २०७९, १६ : ३४
शहीद स्मारक ए डिभिजन लिग : उद्घाटन खेलमा खुलमटार युथ र फ्रेन्ड्स क्लब भिड्ने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा खुलमटार युथ र फ्रेन्ड्स क्लब भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल १९ फागुन साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।

२० गते भने तीन खेल हुनेछ । पहिलो खेलमा नेपाल पुलिस र चर्च ब्वाइज भिड्नेछन् भने दोस्रो खेलमा एपीएपल र थ्रीस्टार तथा तेस्रो खेलमा मनाङ मस्याङ्दी र हिमालयन शेर्पा भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस