काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीन मन्त्री पाउने तय भएको छ ।
सत्ता साझेदार दलमा सोमबार भएको सहमतिअनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा र सहरी विकासका साथै महिला बालबालिका वा खेलकूद मन्त्रालय मध्ये एक मन्त्रालय पाउने तय भएको छ ।
जसमा उपप्रधासहित ऊर्जामन्त्री अध्यक्ष राजेन्द्र लिङ्देन हुने निश्चित भएको छ । यस्तै नेता ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने मोटामोटी सहमति भएको छ । तर, अर्को मन्त्री छान्न भने सो पार्टीलाई सकस पर्ने देखिएको छ ।
मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री शवल शमशेर राणाबीच हानथाप देखिएको हो । उसो त जुम्लाबाट निर्वाचित ज्ञानेन्द्र बहादुर शाहीले पनि मन्त्री बन्ने आकांक्षा देखाएको भएपनि उनी यो पटक मन्त्री नबन्ने बताइएको छ ।
राप्रपा स्रोतका अनुसार लिङ्देन र प्रधान मन्त्री बन्ने निश्चित भएपनि पाण्डे र राणाबीचको रस्साकस्सीले नाम टुंगो लगाउन सकस भएको छ । पार्टी संसदीय दलको कार्यादेश अनुसार मंगलबार नै अध्यक्ष राजेन्द्र लिङ्देनले नाम टुंगो लगाउने ती नेताको भनाइ छ ।
यस्तै राप्रपाले एक राज्यमन्त्री समेत पाउने स्रोतको भनाइ छ । राज्यमन्त्रीमा मकवानपुरबाट निर्वाचित दीपक सिंह हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार नै मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ माघ २०७९, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालको निम्तो मान्न पुगे लिङ्देन
एमालेको कार्यक्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै राप्रपाले जनायो आपत्ति
६ बुँदे मागसहित काठमाडौँ प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
राप्रपा आन्दोलनको रणनीति फेरियो, अब बानेश्वरमा मात्र केन्द्रित
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै