काठमाडौ । मंगलबार दिउँसो १ बजेका लागि तय भएको मन्त्रीहरुको शपथअघि सत्ता साझेदार दलहरुले आन्तरिक छलफल गर्ने भएका छन् ।
सत्ता साझेदार दलमा भएको मन्त्रालयको भागबण्डाअनुसार दलहरुले छलफल गरेर मन्त्रीको सूची फाइनल गर्ने बताइएको छ ।
गृह मन्त्री रवि लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीहरुको शपथको कार्यक्रम तय भएको र सोअघि दलहरुले आन्तरिक छलफल गरेर मन्त्रीको सूची फाइनल गर्ने जानकारी दिए ।
दलहरुले आ–आफ्नो पार्टीमा मंगलबार छलफल गरेपछि मन्त्रीहरुको नाम बाहिर आउने उनको भनाइ थियो ।
‘पार्टीले कुन कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा सहमति भइसकेको छ । को को मन्त्री बन्ने भनेर आज नामसहित बाहिर आउँछ ।
बिहान एकपटक छलफल गर्छौँ, मन्त्रालयको बाँडफाडका लागि फेरि बस्नु पर्दैन,’ लामिछानेले भने, ‘ १ बजे शपथ हुन्छ । राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको छ ।’
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०३ माघ २०७९, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र सदस्यले लिए पद तथा गोपनीयताको शपथ
डा. बाबुराम भट्टराईबाट जनार्दनसहित प्रलोपाको केन्द्रीय सदस्यहरूले लिए शपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन