काठमाडौ । मंगलबार दिउँसो १ बजेका लागि तय भएको मन्त्रीहरुको शपथअघि सत्ता साझेदार दलहरुले आन्तरिक छलफल गर्ने भएका छन् ।
सत्ता साझेदार दलमा भएको मन्त्रालयको भागबण्डाअनुसार दलहरुले छलफल गरेर मन्त्रीको सूची फाइनल गर्ने बताइएको छ ।
गृह मन्त्री रवि लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीहरुको शपथको कार्यक्रम तय भएको र सोअघि दलहरुले आन्तरिक छलफल गरेर मन्त्रीको सूची फाइनल गर्ने जानकारी दिए ।
दलहरुले आ–आफ्नो पार्टीमा मंगलबार छलफल गरेपछि मन्त्रीहरुको नाम बाहिर आउने उनको भनाइ थियो ।
‘पार्टीले कुन कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा सहमति भइसकेको छ । को को मन्त्री बन्ने भनेर आज नामसहित बाहिर आउँछ ।
बिहान एकपटक छलफल गर्छौँ, मन्त्रालयको बाँडफाडका लागि फेरि बस्नु पर्दैन,’ लामिछानेले भने, ‘ १ बजे शपथ हुन्छ । राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको छ ।’
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०३ माघ २०७९, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सय ६५ युवा सांसदले लिए शपथ
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ
प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए शपथ
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा, लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपति वाग्लेलाई प्रधानमन्त्रीले गराए शपथ
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ