काठमाडौं । आइतबार पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि देश शोकमा डुबेको छ । चालक दलसहित ७२ जना दुर्घटनामा परेका छन् ।
अहिलेसम्म ६४ जनाको शव फेला परेको छ भने बाँकी शवको खोँचबाट निकाल्ने प्रयास भइरहेका छन् । यस्तै, ५ जनाको सनाखत भइसकेको छ ।उक्त घटनामा कोपाइलट अन्जु खतिवडा पनि परेकी छन् । अन्जु २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेका दीपक पोखरेलकी धर्मपत्नी हुन् । जो विमानमा श्रीमान गुमाएपछि श्रीमानकै वियोगले पाइलट पढेकी थिइन् ।
आइतबारको विमान कमल के.सी. र को–पाइलट अञ्जुले उडाएका थिए । विराटनगरकी अञ्जुले भारतबाट प्लस टु गरेकी अन्जुले श्रीमानको मृत्युपछि पाइलटको कोर्ससँगै उडान भर्ना थालेकी थिइन् ।
विमान दुर्घटनामा परेपछि उद्धार भइरहेको अवस्थामा अहिले उनको अवस्था अज्ञात नै छ । अन्जुका एक छोरा र एक छोरी गरी दुई सन्तान रहेका छन् ।
आइतबारको विमान दुर्घटनामा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका थिए अर्थात ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् ।
जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ माघ २०७९, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु
सुडानमा विमान दुर्घटना, कम्तीमा १० जनाको मृत्यु
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता