भूमि आयोगमा कार्यरत शाखा अधिकृतविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

शुक्रबार, २९ पुस २०७९, १५ : ०७
भूमि आयोगमा कार्यरत शाखा अधिकृतविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगमा  कार्यरत शाखा अधिकृत गणेश प्रसाद पोखरेलविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दाय गरेको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलमा निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत रहँदा पोखरेलले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । 

यससम्बन्धमा अनुसन्धान गर्दा उनले आर्जन गरेको एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसाको स्रोत खुल्न नसकेको अख्तियारको निष्कर्ष छ । 

सोहीअनुसार  बिगो एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसा कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले शुक्रबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस