खाना पकाउने क्रममा सिन्डिलर पड्कियो, एक घाइते

सफल खबर संवाददाता

मंगलबार, २६ पुस २०७९, ०७ : ५६
खाना पकाउने क्रममा सिन्डिलर पड्कियो, एक घाइते

File pic

काठमाडौ । भक्तपुरमा खाना पकाउने क्रममा ग्यासको सिलिन्८र पड्किँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ । सूर्य विनायक नगरपालिका–३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा सो घटना भएको हो । 

सोमबार सिलिण्डर  पड्किएर थपलियाकी श्रीमती तारा घले थपलिया घाइते भएको प्रहरीले जनाएको छ । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले ग्यास पडिकँदा भान्छा कोठामा क्षति पुगेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस