युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

एजेन्सी

सोमबार, २५ पुस २०७९, १२ : ५६
युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

एजेन्सी । युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । आठ देशहरूमा राष्ट्रिय रेकर्डहरू  र अन्य तीन स्थानमा क्षेत्रीय रेकर्ड घटेका छन् । वारसा, पोल्याण्डमा आइतवार १८ दशमलब ९ डिग्री सेल्सियस  देखियो भने स्पेनको बिलबाओमा २५दशमलब १ डिग्री सेल्सियस कायम भएको छ जुन औसतमा १० डिग्री सेल्सियसभन्दा बढी हो ।

उत्तरी अमेरिकाले थप गम्भीर आँधीबेहरीको सामना गर्ने क्रममा हल्का युरोपेली मौसम देखिएको छ । केही दिनअघि घातक हिमपातले ६० भन्दा बढीको मृत्यु भएको थियो । उत्तरी मध्यपश्चिमका केही भागहरूमा भारी हिउँ र चिसो वर्षाको पूर्वानुमान गरिएको छ भने टेक्सास, ओक्लाहोमा, अर्कान्सास र लुइसियानामा ठूलो आँधी र आँधीहुरीको सम्भावना देखाइएको छ । तर, एट्लान्टिकको युरोपेली क्षेत्रमा  वर्षको सुरुमा धेरै ठाउँहरूमा मौसम न्यानो छ ।

नेदरल्यान्ड्स, लिकटेन्स्टाइन, लिथुआनिया, लाटभिया, चेक गणतन्त्र, पोल्याण्ड, डेनमार्क र बेलारुसको तापक्रमले राष्ट्रिय कीर्तिमान तोडेको छ । त्यस्तै जर्मनी, फ्रान्स र युक्रेनमा स्टेशनको रेकर्ड तोडिएको छ । केही दिनअघि, बेलायत, आयरल्याण्ड, फ्रान्स र स्पेनले सन् २०२२ लाई रेकर्डमा सबैभन्दा तातो वर्ष घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस