सरकारलाई विश्वासको मत दिन सत्ता गठबन्धनको आह्वान

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, २१ : ००
सरकारलाई विश्वासको मत दिन सत्ता गठबन्धनको आह्वान

काठमाडौँ । सत्तारुढ राजनीतिक दलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा सबै राजनीतिक दललाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको दाहालका सचिवालयका सदस्य सूर्यकिरण शर्माले बताए । 

'गठबन्धनले प्रतिनिधिसभा राजनीतिक दल तथा स्वतन्त्र सांसदहरुलाई विश्वासको मतका लागि आह्वान गर्ने निर्णय भएको छ,'शर्माले भने ।संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै छन् ।


 

प्रतिक्रिया दिनुहोस