काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) सँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको बताएका छन् ।
आज बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि प्रचण्डले उक्त कुरा बताएका हुन् ।
छलफलमा प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिन आग्रह गरेका थिए । सो आग्रहमा दुवै नेताले सकारात्मक प्रतिक्रिया दिएको प्रचण्डको भनाइ छ । प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिंदैछन् ।
छलफल पछि जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए । उनले भने, ‘विश्वासको मत दिनेमा कुनै शंका छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ पुस २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
प्रचण्ड आज दिल्ली जादै, भोलि नै फर्किने
‘देश निर्वाचनमा केन्द्रित भयो’: ‘प्रचण्ड’
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष जारी छ : प्रचण्ड
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड