विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, १० : ३५
विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ। बिहान १० बजे नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने बैठकमा गठबन्धनमा आवद्ध दलका शीर्ष नेतहारू सहभागी हुँदैछन्।

आजको बैठकमा प्रधानमन्त्रीको विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने स्रोतले जानकारी दिएको छ। नवनियुक्त प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ले’ पुस २६ गते मंगलबार संसदमा विश्वासको मत लिँदैछन्। आजको बैठक मुख्यतस् सोही विषयमा केन्द्रित रहनेछ।

प्रदेश १ मा मुख्य मन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो। प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन्। यस्तै, बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म छ। बागमतीमा एमाले, माओवादी र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन्।

यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गतेभित्र तथा मधेशमा २८ गते मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने म्याद छ।

प्रतिक्रिया दिनुहोस