हत्कडी फुकालेर भागेका करणी मुद्धाका आरोपी दुई दिनपछि पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २२ पुस २०७९, ११ : २९
हत्कडी फुकालेर भागेका करणी मुद्धाका आरोपी दुई दिनपछि पक्राउ

स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङको पर्खाल नाघेर भागेका रमेश क्षेत्री पक्राउ परेका छन्। 

जबरजस्ती करणी मुद्धामा वालिङ् हिरासतमा रहेका हरिनास गाउँपालिकाका २४ वर्षीय क्षेत्री २ दिनपछि पक्राउ परेका हुन्। सोमबार साँझ भागेका उनी बुधबार साँझ पक्राउ परेका हुन्।

वालिङ नगरपालिका ४ स्थित च्यारेको जंगलबाट ओरालो लाग्दै‎ गरेको अवस्थामा साँझ साढे ७ बजेतिर पक्राउ गरिएको  प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

एक बालिकामाथि जबरजस्ती करणीकोको आरोपमा पुस ११ गते पक्राउ परेका क्षेत्री १८ गते हतकडी आफैले फुकालेर  भागेको प्रहरीको भनाइ छ।

सो जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राख्ने कार्यालयको पर्खाल नाघेर भागेका थिए । क्षेत्रीलाई समात्ने क्रममा प्रहरी हवलदार वीरबहादुर सुनार लडेर घाइते भएको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस