बागमती प्रदेश सभा सदस्यले लिए शपथ

सफल खबर संवाददाता

विहीबार, १४ पुस २०७९, १५ : ०५
बागमती प्रदेश सभा सदस्यले लिए शपथ

हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ लिएका छन् । प्रदेश सभाका १०९ जना सदस्यले शपथ लिएका हुन् ।

ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार सपथ लिएका थिए । बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका हुन् ।प्रदेश सभा सचिवालयका अनुसार १२ जनाले नेवारी तथा ३ जनाले तामाङ भाषामा र बाँकीले नेपाली भाषामा शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस