सय करोडमा बिक्यो पठानको ओटीटी राइट्स

सफल खबर संवाददाता

सोमबार, ११ पुस २०७९, ११ : २५
सय करोडमा बिक्यो पठानको ओटीटी राइट्स

मुम्बई । शाहरुख खानको आगामी फिल्म ‘पठान’ २०२३ को जनवरी २५ मा रिलिज हुँदै छ । यो फिल्मको ओटीटी राइट्स सय करोडमा बिक्री भएको छ । अमेजन प्राइमले फिल्मको राइट् यति महंगो मूल्यमा किनेको हो ।

यो फिल्म मार्चको अन्त्यमा या अप्रिलको सुरुवातमा ओटीटीमा प्रसारण हुनेछ । शाहरुख ‘पठान’मार्फत चार वर्षपछि ठूलो पर्दामा कमव्याक गर्दैछन् । उनका फ्यानहरु यो फिल्मलाई लिएर निकै उत्साहित छन् । शाहरुख यसअघि सन् २०१८ मा रिलिज फिल्म ‘जीरो’मा देखिएक थिए ।       

यो फिल्मको बजेट करिब २ सय ५० करोड रुपैंयाँ छ । फिल्मको मिडिया राइट्स पनि सय करोडमा बिक्री भएको छ । यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ । फिल्मको ‘बेसर्म रंग’ रिलिज भएसँगै विवाद सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस