काठमाडौं । काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको ट्राफिक सचेतना कक्षमा १४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहाँका ७१ वटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको थियो ।
काठमाडौँ महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई ट्राफिक नियमसम्बन्धी सचेतना दिने उद्देश्यले कक्षा सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।
सचेतना कक्षामा पैदलयात्रा गर्दा अपनाउनुपर्ने सावधानी, बाटो काट्दा ध्यान पु¥याउनुपर्ने एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा सिकाइएको थियो । कूल ८९ सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने उद्देश्यले गत मङ्सिर १५ गतेदेखि सुरु गरिएको यस अभियानमा ७१ वटा विद्यालयमा कक्षा सञ्चालन गरिएको र बाँकी रहेका विद्यालयमा पनि निकट भविष्यमै कक्षा सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
विद्यार्थीहरूले सिकेका सडक सुरक्षासम्बन्धी ज्ञान उनीहरूका साथीभाइ र अभिभावकसम्म फैलिने तथा विद्यार्थीहरू भावी सवारी चालकसमेत भएकाले सानो उमेरमा सिकेका कुराले दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
विद्यार्थीले लापरबाहीपूर्ण तरिकाले सवारी साधन चलाउँदा पनि कतिपय दुर्घटनामा पर्ने गरेको यसअघिका तथ्य देखाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
विद्यार्थीलाई गगनको आग्रह : यो देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्
कोशीबाट ८१ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै
भरतपुर महानगरका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ
स्मार्ट ट्याबमा पढ्दै रामतुलसी माविका विद्यार्थी