एजेन्सी । चीनलगायत धेरै देशमा कोरोना सङ्क्रमणको बढ्दो केसलाई ध्यानमा राख्दै केन्द्रीय स्वास्थ्य सचिवले जिनोम सिक्वेन्सिङ बढाउन निर्देशन दिएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार, केन्द्रीय स्वास्थ्य सचिवले राज्यहरूलाई भने, ‘जापान, अमेरिका, कोरिया, ब्राजिल र चीनमा अचानक बढेको केसलाई ध्यानमा राख्दै, पोजेटिभ केसहरूको जीनोम सिक्वेन्सिङ बढाउनु आवश्यक भएको छ किनभने यहाँ नयाँ भेरियन्टहरू हुन सक्छन् र यसले ट्र्याक गर्न सहज हुनेछ ।’
समाचार एजेन्सीका अनुसार स्वास्थ्य सचिवले लेखेका छन्, ूसबै राज्यहरूलाई सम्भव भएसम्म सबै पोजेटिभ केसहरूको नमुनाहरू विभिन्न राज्य र केन्द्र शासित प्रदेशहरूमा अवस्थित जीनोम सिक्वेन्सिङ प्रयोगशालाहरूमा प्रत्येक दिन पठाइने सुनिश्चित गर्न अनुरोध गरिएको छ।’ आधिकारिक श्रोतका अनुसार बुधबार बिहान ११ बजे अन्तर्राष्ट्रिय अवस्थाको जानकारी लिनेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ पुस २०७९, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु