काठमाडौं। नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिएका हुन् ।
रुपन्देहीमा एक जना पनि प्रत्यक्षतर्फ उम्मेदवार विजयी गराउन नसकिएको र समानुपातिकमा पनि २०७४ सालको निर्वाचनमा भन्दा निकै कम मत आएको तथा मुस्लिम कलस्टर नै कोल्याप्स भएकाले नैतिक रुपमा पार्टीको नेतृत्वमा रहिरहन नमिल्ने भएकाले आफूले पदबाट राजीनामा दिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै