बग्दादमा आइएसको हमलामा ९ सुरक्षाकर्मी मारिए

एजेन्सी

सोमबार, ०४ पुस २०७९, ०९ : ०४
बग्दादमा आइएसको हमलामा ९ सुरक्षाकर्मी मारिए

एजेन्सी । उत्तरी इराकमा भएको बम र बन्दुक आक्रमणमा परी कम्तीमा नौ प्रहरी अधिकारीको मृत्यु भएको छ।

राजधानी बगदादबाट करिब २९० किलोमिटर टाढा रहेको किर्कुक सहर नजिकै आइतबार उक्त आक्रमण भएको हो । चालाल अल–मातार गाउँ नजिकै प्रहरी बोकेको ट्रकलाई लक्षित गरी आइतबारको आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।

अतिवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । यसअघि बुधबार बग्दाद नजिकै तीन इराकी सैनिकको ज्यान जाने गरी सडकको छेउमा बम विष्फोट गराएको थियो ।

प्रतिक्रिया दिनुहोस