एजेन्सी । रसियाले युक्रेनमा ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । यो हमलालाई युद्ध सुरु भएदेखिकै सबैभन्दा ठूलो आक्रमण बताइएको छ । आक्रमपछि किभ राष्ट्रव्यापी आपतकालीन ब्ल्याकआउट लागु गर्न बाध्य भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार मध्य क्रिभिई रिहमा एउटा अपार्टमेन्ट ब्लकमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ । दक्षिणमा खेरसनमा गोलीबारीमा अर्का एक जनाको मृत्यु भएको छ । कब्जा गरिएको पूर्वीयुक्रेनमा रुसी–स्थापित अधिकारीहरूले युक्रेनी गोलाबारीबाट १२ जनाको मृत्यु भएको बताएका छन् ।
एउटा भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग अझै धेरै ठूलो हमला गर्न पर्याप्त क्षेप्यास्त्रहरू रहेका पश्चिमी सहयोगीहरूलाई किभलाई थप र राम्रो वायु रक्षा प्रणालीहरू आपूर्ति गर्न आग्रह गरे।
फेब्रुवरी २४ मा सुरु भएको हमलाको अवसर पारेर मस्कोले अर्को वर्षको सुरुमा नयाँ आक्रमणको योजना बनाएको छ युक्रेनले अनुमान गरेको छ । झन्डै १ वर्ष लामो युद्धमा युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र हमला भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०३ पुस २०७९, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु