एजेन्सी । फिफा विश्वकप फुटबलमा शनिबार प्रतियोगिताको तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ। कतारमा जारी फिफा विश्वकपमा सेमिफाइनलमा पराजित दुई टिमबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुन लागेको हो।
कतारस्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल राति ८:४५ मा सुरु हुनेछ। मोरक्को र क्रोएसिया दुवै प्रतियोगितामा तेस्रो स्थानमा रहँदै कतार विश्वकपको अन्त गर्ने प्रयासमा हुनेछन्।
अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो। त्यस्तै, युरोपियन तथा साविक उपविजेता क्रोएसिया भने अर्जेन्टिसँग ३-० ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो।
मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए। जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ पुस २०७९, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिनाको सुरुवाती ११ घोषणा
विश्वकप फुटबल : क्वाटरफाइनलको अन्तिम दुई खेल आज
सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही