एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ ।
कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।
अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ । साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।
अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ मंसिर २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतार विश्वकप फाइनल : उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै
कतार विश्वकप : फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने
कतार विश्वकपको समाचार कभर गर्ने क्रममा फुटबल पत्रकारको मृत्यु
कतार विश्वकप : अर्जेन्टिना र क्रोएसिया सेमिफाईनलमा प्रवेश, ब्राजिल बाहिरियो
कतार विश्वकप : पहिलो क्वाटर फाईनलमा आज ब्राजिल र क्रोएसिया भिड्दै