एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङको साउदी अरबको तीनदिने भ्रमणका क्रममा दुई देशबीच चीनको ठूला प्रविधि कम्पनी हुवावे लगायतका विभिन्न रणनीतिक सम्झौतामा हस्ताक्षर भएको छ ।
सी जिनपिङ र युवराज मोहम्मद बिन सलमानबीचको भेटमा दुवै नेताले ३४ वटा लगानी सम्झौताको घोषणा गरेका थिए। जसमा हाइड्रोजन ऊर्जा देखि आवास सम्म धेरै समावेश छ। चीन साउदी अरेबियाको सबैभन्दा ठूलो व्यापार साझेदार हो।
गत वर्ष दुई देशबीच ८७ अर्ब डलरभन्दा बढीको व्यापार भएको थियो । सी जिनपिङले आज राजधानी रियादमा खाडी र अन्य अरब नेताहरूसँग पनि भेट गरेका छन्।
यो घटनाक्रमले अमेरिकाको चिन्ता बढेको छ र चीन मध्यपूर्वमा के गर्न चाहन्छ भन्ने कुरा अमेरिका बुझ्न चाहन्छ । चीनको बढ्दो प्रभावका कारण क्षेत्रको स्थायित्वमा खतरा बढ्दै गएको अमेरिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ मंसिर २०७९, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?