एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङको साउदी अरबको तीनदिने भ्रमणका क्रममा दुई देशबीच चीनको ठूला प्रविधि कम्पनी हुवावे लगायतका विभिन्न रणनीतिक सम्झौतामा हस्ताक्षर भएको छ ।
सी जिनपिङ र युवराज मोहम्मद बिन सलमानबीचको भेटमा दुवै नेताले ३४ वटा लगानी सम्झौताको घोषणा गरेका थिए। जसमा हाइड्रोजन ऊर्जा देखि आवास सम्म धेरै समावेश छ। चीन साउदी अरेबियाको सबैभन्दा ठूलो व्यापार साझेदार हो।
गत वर्ष दुई देशबीच ८७ अर्ब डलरभन्दा बढीको व्यापार भएको थियो । सी जिनपिङले आज राजधानी रियादमा खाडी र अन्य अरब नेताहरूसँग पनि भेट गरेका छन्।
यो घटनाक्रमले अमेरिकाको चिन्ता बढेको छ र चीन मध्यपूर्वमा के गर्न चाहन्छ भन्ने कुरा अमेरिका बुझ्न चाहन्छ । चीनको बढ्दो प्रभावका कारण क्षेत्रको स्थायित्वमा खतरा बढ्दै गएको अमेरिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ मंसिर २०७९, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास