दोहा। कतारमा विश्वकपको समाचार कभर गर्ने क्रममा अमेरिकाका चर्चित फुटबल पत्रकारको मृत्यु भएको छ ।
४८ वर्षीय ग्रान्ट वाहल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए । उनलाई हृदयघात भएको हुन सक्ने प्रारम्भिक रिपोर्टमा दर्शाइएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।
गत महिना वाहललाई एलजीबीटी अधिकारको समर्थनमा रेनबो जर्सी लगाएर स्टेडियममा प्रवेश गर्न खोजेकोमा कतारी अधिकारीहरूले छोटो समयका लागि हिरासतमा लिएका थिए।
यसैबीच, युस सकर फेडरेसनले उनको मृत्युलाई “हृदयविदारक“ भनेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ मंसिर २०७९, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतार विश्वकप फाइनल : उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै
कतार विश्वकप : फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने
कतार विश्वकप : पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया खेल्दै
कतार विश्वकप : अर्जेन्टिना र क्रोएसिया सेमिफाईनलमा प्रवेश, ब्राजिल बाहिरियो
कतार विश्वकप : पहिलो क्वाटर फाईनलमा आज ब्राजिल र क्रोएसिया भिड्दै