एमाले सचिवालय बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, २४ मंसिर २०७९, ०९ : ०६
एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। शनिबार बिहान ११ बजेका लागि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बैठक बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

यसअघि शुक्रबर बस्न लागेको बैठक अन्तिम समयमा स्थगित भएको थियो। समानुपातिक सांसद छनोट गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो।

एमाले सचिवालय बैठक अन्तिम समयमा स्थगित
प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। समानुपातिका सिटमा पठाउने नाम छनोटका लागि एमालेको बैठक बस्न लागेको थियो। 

आजको बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने तयारी छ।