कतार विश्वकप : पहिलो क्वाटर फाईनलमा आज ब्राजिल र क्रोएसिया भिड्दै

सफल खबर संवाददाता

शुक्रबार, २३ मंसिर २०७९, ०८ : ३१
कतार विश्वकप : पहिलो क्वाटर फाईनलमा आज ब्राजिल र क्रोएसिया भिड्दै

काठमाडौं । कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन्।

पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल शुक्रबार राति ८ः४५ मा सुरु हुँदैछ।

दोस्रो क्वाटरफाइनलमामा आजै अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२ः४५ बजे सुरु हुनेछ।

क्वाटरफाइनलका अन्य दुई खेल शनिबार हुनेछन्। शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया दिनुहोस