कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन मुस्किल

सफल खबर संवाददाता

विहीबार, २२ मंसिर २०७९, १५ : १७
कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन मुस्किल

काठमाडौं । कञ्चनपुरमा जंगली हात्तीको आतंक बढ्दा अन्नबाली जोगाउन मुस्किल भएको छ । हरेक वर्ष जंगली हात्तीका कारण नागरिकको अकालमा ज्यान समेत जाने गरेकाे छ । मानव बस्ती नजिक जंगल भएकाले हात्तीको आक्रमणमा परी स्थानीयले अकालमा ज्यान गुमाउने गरेका छन् ।

यस क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट तीन वर्षमा आधा दर्जन स्थानीयले ज्यान गुमाएका छन् । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले वर्षेनी यस क्षेत्रमा आतंक मच्चाउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस