कतार विश्वकप : आज पनि दुई खेल हुँदै

सफल खबर संवाददाता

मंगलबार, २० मंसिर २०७९, ०७ : ५४
कतार विश्वकप : आज पनि दुई खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् । मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी  स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

मोरक्को समूह 'एफ' को विजेता र स्पेन समूह 'ई' को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका हुन् ।अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । प्रि(क्वाटरफाइनलको अन्तिम खेलको रुपमा रहेको यस खेल राति १२:४५ बजे लुसिल स्टेडियममा सुरु हुनेछ ।

पोर्चुगल समूह 'एच' को विजेता र स्विट्जरल्यान्ड समूह 'जी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस