सुदूरपश्चिमलाई यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि

सफल खबर संवाददाता

सोमबार, १९ मंसिर २०७९, १३ : ११
सुदूरपश्चिमलाई यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिता भर अविजित रहेको सुदूरपश्चिमले प्रतियोगिताको उपाधि जितेको हो ।

६ खेलमा ६ खेल नै जितेर फाइनल पुगेको सुदूरले लुम्बिनीविरुद्ध सहज जित हात पारेको हो । जितका लागि पाएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । सुदूरलाई बोलाउन दीपक बोहराले २५ तथा अनुराग सिंहले २२ रन बनाए । गजेन्द्र बोहरा ३९ रनमा नट आउट रहे ।

लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी २९.१ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको थियो । लुम्बिनीका आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

लुम्बिनीले अतिरिक्त १८ रन पाएको थियो । लुम्बिनीको इनिङ्स ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका मिलन बोहराले ५ विकेट लिए । २ मेडन फालेका उनले ९ ओभरमा मात्र १५ रन दिएका थिए । हेमन्त धामी र नरेन साउदले समान २ तथा आकाश चन्दले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस