एजेन्सी । पेरिस नजिकैको भर्साइलको एउटा अस्पतालमा साइबर हमला भएपछि शल्यक्रिया रद्द गर्नु परेको जनाइएको छ । हमलाका कारण केही बिरामीहरूलाई स्थानान्तरण गर्नुपरेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साइबर आक्रमणपछि तीन जना सघन हेरचाह र तीन जनालाई नवजात इकाइबाट स्थानान्तरण गरिएको स्वास्थ्यमन्त्री फ्रान्कोइस ब्राउनले जानकारी दिए ।
क्षेत्रीय स्वास्थ्य एजेन्सी ९एआरएस०ले अस्पतालले अपरेसन रद्द गरेको तर वाक–इन सेवाहरू र परामर्शहरू सञ्चालन गर्न सम्भव भएसम्म गरिरहेको जनाएको छ । घटनापछि थप कर्मचारीहरूलाई सघन हेरचाह इकाईमा बोलाउनुपरेको पनि अस्पतालले जनाएको छ ।
साइबर आक्रमणले “अस्पतालको पूर्ण पुनर्गठन“ निम्त्याएको थियो, स्वास्थ्य मन्त्री ब्राउनलले जानकारी दिए । पेरिस अभियोजकको कार्यालयले अस्पतालले आइतबार औपचारिक उजुरी दिएपछि राज्यको डाटा ह्याक गर्ने र जबरजस्ती रकम असुल्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धान खोलेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ मंसिर २०७९, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी
देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द