कतार विश्वकप : आज यि देशहरु बिच खेल हुँदै

सफल खबर संवाददाता

सोमबार, १९ मंसिर २०७९, ०७ : ४९
कतार विश्वकप : आज यि देशहरु बिच खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८स्४५ बजे सुरु हुनेछ ।

जापान समूह ुईु बाट  विजेता र  क्रोएसिया समूह ुएफु बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ ।

ब्राजिल समूह ुजीु को विजेता र दक्षिण कोरिया समूह ुएचु को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।  

प्रतिक्रिया दिनुहोस