काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार चौथो दिन सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज आइतबारको कारोबार मूल्य तोक्दै सुनको भाउ लगातार चौथो दिन बढेको जनाएको हो ।
गत साताको बुधबारदेखि सुनको भाउ बढ्न थालेको छ । बुधबार तोलामा २०० रूपैयाँले बढेको सुनको भाउ बिहीबार ५०० रूपैयाँले बढेको थियो । यस्तै, शुक्रबार तोलामा १००० रूपैयाँले बढेको सुनको मूल्य आज पुनः ४०० रूपैयाँले बढेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रूपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार रूपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार १०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ६०० रूपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २५ रूपैयाँले बढेको जानकारी दिएको छ । शुक्रबार तोलामा १३ सय ४५ रूपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ७० रूपैयाँ कायम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर