जनकपुरधाम । धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारमा बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।
दुर्घटनामा परी २९ वर्षीया रुवीकुमारी साह, १७ वर्षीया मन्जुकुमारी साह, १३ वर्षीया श्रृजना साह र २५ वर्षीय अब्दुल मन्जुरीको मृत्यु भएको हो। एकजनाको भने सनाखत हुन सकेको छैन।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा जीप दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ मंसिर २०७९, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते