काठमाडौं । काठमाडौंको हलचोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
धादिङ घर भई काठमाडौं महानगरपालिका–१४ बस्दै आएका ३४ वर्षीय प्रतीक बास्कोटाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
बिहीबार साँझ करिब पौने ६ बजे बा५ख ६९५ नम्बरको बस र बा७८प २६८७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ मंसिर २०७९, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते