पूर्वी नवलपरासी। पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
महेन्द्र राजमार्गमा पर्ने दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको ग ०४००१ च ०००६ नम्बरको जिप बिहीबार साँझ दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका-५ कान्छीपानीमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको छ । उनीहरू सनाखत हुन बाँकी छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घटनास्थलमा बुलिंटार, डेढगाउँ, रुद्रपुर र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ मंसिर २०७९, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा माइक्रो बस दुर्घटना
‘टिपर’ दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु