पूर्वी नवलपरासी। पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
महेन्द्र राजमार्गमा पर्ने दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको ग ०४००१ च ०००६ नम्बरको जिप बिहीबार साँझ दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका-५ कान्छीपानीमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको छ । उनीहरू सनाखत हुन बाँकी छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घटनास्थलमा बुलिंटार, डेढगाउँ, रुद्रपुर र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ मंसिर २०७९, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते