एजेन्सी । विश्वकप फुटबलमा समूह ए र समूह बी का समूह चरणका खेलहरू टुङ्गिएका छन् । योसँगै दुई समूहबाट नकआउट चरणमा पुग्ने ४ वटा टोलीको फैसला भएको छ ।
समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भयो । बुधबार राति भएका खेलहरूमा नेदरल्याण्ड्सले कतारलाई २–० गोल तथा सेनेगलले इक्वेडरलाई २–१ गोलले हरायो ।
उता समूह बीबाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् । इंग्ल्याण्डले अन्तिम खेलमा वेल्सलाई ३–० ले पराजित गर्यो भने अमेरिकाले इरानमाथि १–० जीत हात पार्यो ।
अब अन्तिम १६ मा दुई समूहका विजेता र उपविजेताबीच भिडन्त हुनेछ । अन्तिम १६ को पहिलो खेलमा समूह एको विजेता नेदरल्याण्ड्सले समूह बीको उपविजेता अमेरिकाको सामना गर्नेछ । दुई टोलीबीच ३ डिसेम्बरमा खलिफा अन्तर्राष्ट्रिय स्टेडियमा खेल हुनेछ । त्यस्तै, समूह बीको विजेता इंग्ल्याण्डले समूह एको उपविजेता सेनेगलसँग खेल्नेछ । दुई टोलीबीच अद बयात स्टेडियममा डिसेम्बर ५ को बिहान खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ मंसिर २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतार विश्वकप फाइनल : उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै
कतार विश्वकप : फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने
कतार विश्वकप : पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया खेल्दै
कतार विश्वकपको समाचार कभर गर्ने क्रममा फुटबल पत्रकारको मृत्यु
कतार विश्वकप : अर्जेन्टिना र क्रोएसिया सेमिफाईनलमा प्रवेश, ब्राजिल बाहिरियो
कतार विश्वकप : पहिलो क्वाटर फाईनलमा आज ब्राजिल र क्रोएसिया भिड्दै