मोरङ । विराटनगर विमानस्थलमा तोडफोड भएको छ। विमान कम्पनीले उडानमा ढिलासुस्ती गरेको भन्दै आक्रोशित यात्रुले तोडफोड गरेका हुन्।
विराटनगर विमानस्थलका प्रमुख रेन्जी शेर्पाले सोमबार राति विमान समयमा उड्न नसक्दा आक्रोशित यात्रुले विमानस्थलको सिसा फुटाएको जानकारी दिए।
तोडफोडबाट विमानस्थलमा सामान्य क्षति पुगेको छ। सोमबार बेलुका श्री एयरलाइन्सको विमान साढे ७ बजेको समयमा उडान भर्नुपर्नेमा जहाज करिब सवा घण्टा ढिलो आएपछि यात्रु आक्रोशित बनेका थिए।
राति ८ बजेर ४५ मिनेटमा विमान विमानस्थलमा अवतरण गरेर विमान कम्पनीले काठमाडौँ फर्कन नसक्ने जनाएपछि यात्रु आक्रोशित भएका हुन्। विमानमा खराबी आएको जनाएर कम्पनीले उडान भर्न नसक्ने बताएपछि यात्रुहरूले विमानस्थलको प्रस्थानकक्षमा तोडफोड गरेका हुन्।
सोमबार बिहान काठमाडौँमा मौसममा देखिएको खराबीसँगै विमानस्थल ढिलोगरी खुल्दा समस्या भएको शेर्पाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्शल तैनाथ
भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने
भोजपुरमा ३ महिनापछि उडान शुरू