कतार विश्वकप: घानाद्वारा दक्षिण कोरिया पराजित

सफल खबर संवाददाता

सोमबार, १२ मंसिर २०७९, २० : ०५
कतार विश्वकप: घानाद्वारा दक्षिण कोरिया पराजित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को समूह 'एच' को खेलमा घानाले दक्षिण कोरिया विरुद्ध घानाले जित हासिल गरेको छ ।एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले ३-२ गोल अन्तरले जित हात पारेको हो । खेलको २४ औं मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा घानाका मोहमद कुडुसले अग्रता दोब्बर पार्यो ।

कोरियाका लागि चो गि सुगंले ५८ औं तथा ६१ औं मिनेटमा १-१ गोल फर्काए । ६८ औं मिनेटमा घानाका मोहमद कुडुसले गरेको गोल नै निर्णायक भयो । जितसँगै घाना ३ अंकका साथ समूह 'एच' को दोस्रो स्थानमा उक्लिएको छ ।

हारसँगै दक्षिण कोरिया १ अंकका साथ समूहको पुछारमा रहेको छ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो ।दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।

प्रतिक्रिया दिनुहोस