एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीकी भान्जी तथा प्रख्यात अधिकारबादी कार्यकर्ताले विदेशी सरकारहरूलाई तेहरानसँग सम्बन्ध तोड्न आह्वान गरेकी छिन् । सेप्टेम्बरमा प्रहरी हिरासतमा रहेकी युवतीको मृत्युपछि देशभर फैलिएको हिंसा नियन्त्रण गर्न सरकारले चरम दमन गरिरहेका बेला फरीदेह मोरादखानीले यस्तो आह्वान गरेकी हुन् ।
इन्जिनियरसमेत रहेकी मोरादखानीका दिवंगत बुबा एक प्रमुख प्रतिपक्षी व्यक्तित्व थिए । उनले अयातोल्लाह खामेनीकी बहिनीसँग विवाह गरेका थिए ।मोरादखानीले आह्वान गरेको भिडियोलाई सामाजिक सञ्जालमा सेयर गरिएको छ । मानव अधिकार कार्यकर्ता न्युज एजेन्सी (एआरएएनए)ले उनलाई २३ नोभेम्बरमा गिरफ्तार भएको जनाएको थियो । ' स्वतन्त्र मानिसहरू, हामीसँग रहनुहोस् र आफ्नो सरकारहरूलाई तेहरानकाे यो हत्यारा शासनलाई समर्थन गर्न बन्द गर्न भन्नुहोस्’, मोरादखानीले भिडियोमा भनेकी छिन, ‘यो शासन आफ्नो कुनै पनि धार्मिक सिद्धान्तप्रति वफादार छैन । बल र शक्ति कायम राख्न बाहेक सरकारलाई कुनै नियम थाहा छैन ।’
सेप्टेम्बरको तेस्रो सातादेखि फैलिएको हिंसामा ४५० जना प्रदर्शनकारी मारिएको एआरएएनएले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १२ मंसिर २०७९, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान