एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीकी भान्जी तथा प्रख्यात अधिकारबादी कार्यकर्ताले विदेशी सरकारहरूलाई तेहरानसँग सम्बन्ध तोड्न आह्वान गरेकी छिन् । सेप्टेम्बरमा प्रहरी हिरासतमा रहेकी युवतीको मृत्युपछि देशभर फैलिएको हिंसा नियन्त्रण गर्न सरकारले चरम दमन गरिरहेका बेला फरीदेह मोरादखानीले यस्तो आह्वान गरेकी हुन् ।
इन्जिनियरसमेत रहेकी मोरादखानीका दिवंगत बुबा एक प्रमुख प्रतिपक्षी व्यक्तित्व थिए । उनले अयातोल्लाह खामेनीकी बहिनीसँग विवाह गरेका थिए ।मोरादखानीले आह्वान गरेको भिडियोलाई सामाजिक सञ्जालमा सेयर गरिएको छ । मानव अधिकार कार्यकर्ता न्युज एजेन्सी (एआरएएनए)ले उनलाई २३ नोभेम्बरमा गिरफ्तार भएको जनाएको थियो । ' स्वतन्त्र मानिसहरू, हामीसँग रहनुहोस् र आफ्नो सरकारहरूलाई तेहरानकाे यो हत्यारा शासनलाई समर्थन गर्न बन्द गर्न भन्नुहोस्’, मोरादखानीले भिडियोमा भनेकी छिन, ‘यो शासन आफ्नो कुनै पनि धार्मिक सिद्धान्तप्रति वफादार छैन । बल र शक्ति कायम राख्न बाहेक सरकारलाई कुनै नियम थाहा छैन ।’
सेप्टेम्बरको तेस्रो सातादेखि फैलिएको हिंसामा ४५० जना प्रदर्शनकारी मारिएको एआरएएनएले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १२ मंसिर २०७९, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु
इरानले युद्धविराममा सहमति जनाएको छैन, ट्रम्प झूट बोलिरहेका छन् : इरान
‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’ : इरान