बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–७ स्थित कर्णालीपुरबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–८ बस्ने २४ वर्षीय कृष्ण थारु र २५ वर्षीय गणेश चौधरी छन् ।
आरोपीहरुको साथबाट ३ ग्राम १ सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।आइतबार राति प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे.१२ प ६३७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक कृष्ण र मोटरसाइकलमा सवार गणेशको साथमा हेरोइन भेटिएको थियो । आरोपीहरुबारे जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ