काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूलाई आधार दरअनुसार कर्जा निर्धारण गर्न दिने नेपाल राष्ट्र बैंकले तयारी गरेको छ । उनीहरूलाई वाणिज्य बैंकसरह आधार दरअनुसार ब्याजदर निर्धारण गराउन खोजिएको राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।
आइतबार प्रकाशित मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले उनीहरूलाई माघदेखि आधार दर सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत लागू गरेको छ । माघदेखि लघुवित्तहरूले आधार दर सार्वजनिक गर्न सकेमा अर्धवार्षिक समीक्षामार्फत बैंकहरूसरह कर्जा निर्धारण गर्न दिने श्रेष्ठले बताए । उनले भने, 'लघुवित्तहरूलाई अहिले आधार दर सार्वजनिक गर्न भनेका छौं । उनीहरूले यो निकाल्न सके भने अर्धवार्षिक समीक्षामार्फत उनीहरूलाई आधार दर अनुसार कर्जा निर्धारण गर्न दिनेछौं ।'
अहिले राष्ट्र बैंकले लघुवित्तहरूलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने सीमा लगाएको छ । वाणिज्य बैंकहरूले पछिल्लो समय धमाधम कर्जाको ब्याजदर बढाउन थालेपछि लघुवित्त बैंकरहरूले आफूहरू मारमा परेको गुनासो गरिरहेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय प्रणालीबाट ५० अर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
२ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैक, के छन् शर्त ?
२५ दिनका लागि ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
३५ दिनका लागि ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
आज ५० अर्ब तान्दै राष्ट्र बैंक