मधेश प्रदेशमा सोमबार सार्वजनिक बिदा

सफल खबर संवाददाता

आइतबार, ११ मंसिर २०७९, २० : २२
मधेश प्रदेशमा सोमबार सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेसमा सोमबार सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सीता र रामको विवाह महोत्सवको अवसरमा सार्वजनिक बिदा दिईएको जानकारी गराउनुभएको छ ।

त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस