तेहरान । इरानमा महसा अमिनीको मृत्युपछि देशव्यापी भड्किएको विरोधमा प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका एक जना -यापरको परिवारले उनको ज्यान जोखिममा रहेको बताएको छ ।
महिलाका लागि कडा ड्रेस कोड उल्लंघन गरेको आरोपमा सेप्टेम्बर १६ मा राजधानी तेहरानमा गिरफ्तार परेकी अमिनीको केही दिनपछि हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि इरानभर प्रदर्शन चर्किएको थियो ।
इरानको -याप दृश्यमा चर्चित तुमाज सालेहीलाई गत महिनाको अन्त्यमा सरकारको आलोचना र विरोध प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका थिए । उनको जीवन गम्भीर जोखिममा रहेको उनको परिवारले ट्वीटमार्फत जानकारी दिएको छ ।
अमिनीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा हजारौँ प्रदर्शनकारी पक्राउ परेका छन् । सयौँमाथि मुद्दा लगाइएको छ । प्रदर्शनकारीलाई झट्टा आरोप लगाइएको अधिकारबादीहरूले जनाएका छन् । इरान प्रदर्शनमा अहिलेसम्म ३२६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ मंसिर २०७९, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु
इरानले युद्धविराममा सहमति जनाएको छैन, ट्रम्प झूट बोलिरहेका छन् : इरान
‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’ : इरान