तेहरान । इरानमा महसा अमिनीको मृत्युपछि देशव्यापी भड्किएको विरोधमा प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका एक जना -यापरको परिवारले उनको ज्यान जोखिममा रहेको बताएको छ ।
महिलाका लागि कडा ड्रेस कोड उल्लंघन गरेको आरोपमा सेप्टेम्बर १६ मा राजधानी तेहरानमा गिरफ्तार परेकी अमिनीको केही दिनपछि हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि इरानभर प्रदर्शन चर्किएको थियो ।
इरानको -याप दृश्यमा चर्चित तुमाज सालेहीलाई गत महिनाको अन्त्यमा सरकारको आलोचना र विरोध प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका थिए । उनको जीवन गम्भीर जोखिममा रहेको उनको परिवारले ट्वीटमार्फत जानकारी दिएको छ ।
अमिनीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा हजारौँ प्रदर्शनकारी पक्राउ परेका छन् । सयौँमाथि मुद्दा लगाइएको छ । प्रदर्शनकारीलाई झट्टा आरोप लगाइएको अधिकारबादीहरूले जनाएका छन् । इरान प्रदर्शनमा अहिलेसम्म ३२६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ मंसिर २०७९, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
पेन्टागनद्वारा इरान युद्धका लागि २०० अर्ब डलरभन्दा बढी बजेटको माग, अमेरिकी राजनीतिमा हलचल
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी
इरानको ड्रोन आक्रमणबाट युएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो