मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, १६ : १९
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

तनहुँ । तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर शनिबार एक युवकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनील दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । 

जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु३९प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृत्यु भएको हो । दुर्घटनामा परी सख्त घाइते दरैको सेतीगङ्गा अस्पताल बेलचौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मोटरसाइकलमा सवार सोही वडाका २१ वर्षीय खुमबहादुर राना र २१ वर्षीय रामबहादुर कुमाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार गरी घर फर्किएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस