यू–१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित, कर्णालीको दोस्रो हार

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, १४ : २८
यू–१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित, कर्णालीको दोस्रो हार

काठमाडाैं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आज शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित निकालेको हो । कर्णालीले दिएको १ सय १ रनको लक्ष्य लुम्बिनीले २०.५ ओभरमा ४ विकेट गुमाएर १ सय २ रन बनाएर पूरा गरेकाे छ ।

लुम्बिनीको जितमा आकाश त्रिपाठीले अविजित रहँदै ५२ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । कप्तान विशाल विक्रम केसीले १३ तथा प्रज्वल थापाले १० रन बनाएका छन् । कर्णालीका अनुज चनाराले २ तथा सन्दीप शाही र मोहन बिकले १-१ विकेट लिएका हुन् । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २२.२ ओभरमा अलआउट हुँदै १ सय रन बनाएको थियो । कर्णालीका लागि कप्तान विपिन रावलले ३६ रन जोडेका छन् ।

जितसँगै लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ । कर्णालीको यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस