बारा । चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक/एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।
प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. १ र ३ मा एमाले, क्षेत्र नं. २ मा जसपा र क्षेत्र नं. ३ ४ मा एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । यसैगरी प्रदेशसभातर्फ १(१), ३(१), ३(२) र ४(२) मा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेसंग चुनावी तालमेल गरेको जसपाले १(२) र २(२) को प्रदेशसभामा जित हात पारेको छ । एमाले र जसपाले बाराको चारमध्ये तीन वटा निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो भने एउटामा मित्रवत प्रतिस्पर्धा गरेको थियो ।
एमाले र जसपाबाहेक प्रदेशसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नं. ४(२) मा जित हात पारेको छ भने क्षेत्र नं. २(१) मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार बारामा एमाले ठुलो दल बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको १२ सिटमध्ये एमालेले ६ सिटमा जित हात पारेको छ भने जसपाले तीन, लोसपा र स्वतन्त्रले एक÷एक सिट जितेका छन् ।
बारामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र शुन्य देखिएको छ । सत्तारुढ गठबन्धनबाट बाराको ४(२) मा लोसपाका जितेन्द्र सोनल निर्वाचित हुँदा अन्य सबै उम्मेदवार पराजित हुन पुगेका छन् ।
यी हुन् बाराबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित उम्मेदवारः
बारा क्षेत्र नं. १
प्रतिनिधिसभाः अच्युत मैनाली (नेकपा एमाले)
प्रदेशसभा १(१): त्रिलोकी चौधरी (नेकपा एमाले)
प्रदेशसभा १(२): सरोज कुमार यादव (जसपा)
बारा क्षेत्र नं. २
प्रतिनिधिसभाः रामसहाय यादव (जसपा)
प्रदेशसभा २(१): सारदा संकर कलवार (स्वतन्त्र)
प्रदेशसभा २(२): बच्चा राउत अहिर (जसपा)
बारा क्षेत्र नं. ३
प्रतिनिधिसभाः ज्वालाकुमारी साह (नेकपा एमाले)
प्रदेशसभा ३(१): रविन्द्रदास श्रेष्ठ (नेकपा एमाले)
प्रदेशसभा ३(२): महम्मद समिर (नेकपा एमाले)
बारा क्षेत्र नं. ४
प्रतिनिधिसभाः कृष्णकुमार श्रेष्ठ (एकिकृत समाजवादी)
प्रदेशसभा ४(१): देवनारायण चौधरी (नेकपा एमाले)
प्रदेशसभा ४(२): जितेन्द्र सोनल (लोसपा)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा