काठमाडौं । बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । शनिबार बिहानसम्म बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ४५ सिटको नतिजा आएको छ ।
जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १८ सिट जितेको छ । यस्तै नेकपा एमाले ९, माओवादी केन्द्र ७, राप्रपा ५, नेकपा एकीकृत समाजवादी पार्टी ४, नेमकिपा १, हाम्रो नेपाली पार्टी १ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
बागमती प्रदेशमा प्रत्यक्षतर्फ कुल ६६ सिट रहेको छ । दोलखाका दुई क्षेत्रबाहेक बागमतीका नतिजा आउन बाँकी रहेका प्रदेश निर्वाचन क्षेत्रमा मतगणना जारी छ । आयोगका अनुसार मतगणना भइरहेका स्थानमा कांग्रेस ६, एमाले ४, माओवादी ६, राप्रपा २ र एकीकृत समाजवादी १ सिटमा अगाडि छन् ।
बागमती प्रदेशमा समानुपातिकतर्फ भने झिनो मतान्तरले एमाले अगाडि देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा