काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् ।
शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र लिइसकेपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 'अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ,’ उनले भने,' ।
अध्यक्ष प्रचण्डले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको पनि बताएका छन् । उनले यस विषयमा गठबन्धनमा सामेल दलहरुबीच छलफल गर्नेसमेत उल्लेख गरे । प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड