प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी- १ बाट चन्द्र भण्डारी विजयी

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, १३ : ०३
प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी- १ बाट चन्द्र भण्डारी विजयी

काठमाडौं । गुल्मी १ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.चन्द्रकान्त भण्डारी विजयी भएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी भएका हुन् । 

उनले ३२ हजार २२७ र ज्ञवालीले ३० हजार ९३५ मत पाए । अघिल्लो निर्वाचनमा भण्डारीलाई ज्ञवालीले नै पराजित गरेका थिए । गुल्मी १ मा भण्डारी र ज्ञवालीको आलोपालो चलिरहेको छ । 

एमालेको पदाधिकारी पराजित हुने सूचीमा ज्ञवाली पनि थपिएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट पराजित भइसकेका छन् । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट भने विजयी भएका छन् ।

गुल्मी १ बाट पराजित ज्ञवालीले विजयी भण्डारीलाई बधाई तथा शुभकामना दिएका छन् । मतपरिणाम सार्वजनिक भएपछि मतगणनास्थलमा ज्ञवालीले भण्डारीलाई बधाई तथा शुभकामना दिएका थिए । ज्ञवालीले प्रतिकूल परिस्थितिका बाबजुद पनि प्रतिस्पर्धात्मक ढंगले मत ल्याएको र आफूलाई मत दिने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस